मोरङ – विराटनगर अस्पतालले उपचारका क्रममा एक महिला बिरामीको पाठेघरबाट ९ किलोग्राम ट्युमर निकालेको छ। पथरीशनिश्चरे नगरपालिकाकी ३९ वर्षीया महिला बिरामीको पाठेघर शल्यक्रियाबाट ९ दशमलव २ किलोग्राम ट्युमर सफलतापूर्वक निकालिएको हो। अस्पतालका प्रमुख एवं डा. ज्ञानेन्द्रमान सिंह कार्कीका अनुसार बिरामीमा विरलै हुने फाइब्रोड ट्युमर शल्यक्रिया गरी निकालिएको हो। ‘करिब १ घण्टा २० मिनेट लगाएर बिरामीको […]