कास्की – डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबलाई सडेन डेथमा स्तब्ध बनाउँदै सशस्त्र प्रहरीकाे एपीएफ क्लबले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा स्वर्ण पदक जितेको छ । आज बिहीवार पोखरा रङ्गशालामा भएको फाइनल खेलमा एपीएफले आर्मीलाई पेनाल्टी सुटआउटमा ६–५ अन्तरले पराजित गरेको हो ।
यसअघि निर्धारित ९० मिनेट र थपिएकाे ३० मिनेटको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । दुवै टोलीमा एक–एक खेलाडीले रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए । ...