दुई हप्ता बित्दा पनि खुलेन सडक

पहिराेले अवरुद्ध भएको सडक दुई हप्ता बित्दा पनि नखुलेपछि सर्वसाधारण मारमा परेका छन् । व्यास नगरपालिका–१२ हुँदै भानु नगरपालिका–५ जाने भगवती रङ्गपथ मोटरमार्ग अवरुद्ध भएको लामो समय हुँदा पनि पुनःसञ्चालन नहुँदा सर्वसाधारण मारमा परेका हुन् । गत असार १७ गते परेको अविरल वर्षाले बाटो अवरुद्ध हुँदा पिपलथोक, गोलढुङ्गा, मैवल, कोखे, गरमभ¥याङ, नावरुङ, मिलडाँडा, डाँडाथोकका सर्वसाधारणलाई प्रत्यक्ष मार परेको स्थानीयवासी रामबहादुर अधिकारीले बताउनुभयो । “बाटो अवरुद्ध हुँदा खाद्यान्न ढुवानीमा पनि समस्या आएको छ । बिरामी हुँदा अस्पतालसम्म आउन पनि कठिनाइ भएको छ”, उहाँले भन्नुभयो, “लामो समय हुँदासम्म पनि बाटो खोल्न सरोकारवालाको ध्यान गएन ।”