काठमाडौं (अस) । नेपालका स्कोडाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले बुटवलमा नयाँ सोरुम विस्तार गरेको छ । कम्पनीले स्टेट–अफ–द–आर्ट थ्रीएस (सेल्स, सर्भिस र स्पेयर्स) सुविधासहितको सोरुम सञ्चालनमा ल्याएको हो ।
यो सोरुमबाट पश्चिम नेपालमा स्कोडा बिक्री र बिक्रीपछिको सेवा उपलब्ध हुने कम्पनीले बताएको छ । नकम्पनीले नेपाली बजारमा स्कोडाको पकड बलियो बनाउन डिलर सञ्जाललाई विस्तार गर्दै आएको छ ।
स्कोडाको नयाँ सोरुम उद्घाटन प्रदेश ५ का उद्योग तथा वाणिज्यमन्त्री अजय शाही र एमएडब्लु स्कोडा डिभिजनका कार्यकारी निर्देशक रौनक अग्रवालले संयुक्त रूपमा गरे ।
‘हामी ग्राहक सुविधाका लागि स्कोडा सञ्जालको विस्तार गर्न र युरोपको चर्चित कारको पहुँचलाई प्रत्याभूत गर्न प्रतिबद्ध छौं । उत्कृष्ट ग्राहक अनुभवका लागि बुटबलमा नयाँ स्टेट–अफ–द–आर्ट स्कोडा सोरुम खोलेका हौं,’ एमएडब्लु स्कोडाका रौनक अग्रवालले भने । सोरुम उद्घाटनहपछि मन्त्री शाहीले स्कोडा बुक गरेका ग्राहकलाई साँचो हस्तान्तरण गरे ।
स्कोडाको नयाँ डिलर रोडवेज लाइफस्टाइलले दुई दिने विशेष ‘टेस्ट ड्राइभ इभेन्ट’ आयोजना गर्ने कार्यक्रममा जानकारी दिइयो । यो अवधिमा स्कोडा कार बुकिङ गर्ने ग्राहकले आकर्षक क्यास डिस्काउन्ट, निःशुल्क सडक कर, एक्सचेन्ज बोनस सुविधा पाउनेछन् । हाल पोेखरा, नारायणगढ, विराटनगर, वीरगञ्ज, बिर्तामोड, जनकपुर, धनगढी र काठमाडौंमा स्कोडा डिलरसिप रहेका छन् ।