पारिवारिक विवादमा भाइले गरे दाजुको हत्या

मोरङमा आफ्नै भाइले दाजुको हत्या गरेका छन् । विराटनगर महानगरपालिका–५, पृथ्वी चोकका ३१ वर्षीय काले भनिने साजन सिंहले पारिवारिक विवाद हुँदा ४२ वर्षीय भोला सिंहको हत्या गरेको प्रहरीले जनाएको छ । भोला राष्ट्रिय अनुसन्धान कार्यालय खोटाङका हवल्दार हुन् । लागुऔषधको दुर्व्यसनमा फसिसकेका साजनले मादक पदार्थ सेवन (मापसे) गरेर दाजुको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ एसपी जनार्दन जिसीको भनाइ छ ।  साजनले गएराति दाजुमाथि धारिलो हतियार प्रहार गरेका थिए । घाइते भएका भोलालाई प्रहरीले उद्धार गरी उपचारका ल...