म ठान्छु, पानपाते मानसिकता पञ्च संस्कारकै डकार हो । मात्रा भेद जरुर होला, तर म देख्छु, पञ्चदेखि अपञ्चसम्म यो व्याप्त छ । प्रजातान्त्रिक संस्कारको सबभन्दा ठूलो शत्रु यही हो– यही ‘पानको पात... ।’
गोल घेरामा बसेका उनीहरूले ‘माया पानको पात, माया तिम्लाई सम्झिन्छु दिनको रात मर्स्याङ्दी सललल....’ जस्ता बोलको गीत गाइरहेका थिए । बीचमा ५ वर्षीया बालिका छमछम नाचिरहेकी थिइन् ।
जनता मूर्ख छन् भने बुद्धिमान् नेता कुन आकाशबाट झर्दा हुन्, म बुझ्दिनँ । बुद्धिमान जनताका माझबाट कहिलेकाहीँ उपियाँ दाउले चोट्टा नेतामाथि उक्लन सक्ने कुरा म मान्छु ।