नवनिर्वाचित उपसभामुखको वाचा : संविधानले दिएको भूमिका तटस्थ रुपमा निभाउँछु

७ माघ, काठमाडौं । नवनिर्वाचित उपसभामुख इन्दिरा राना मगरले संविधानले व्यवस्था गरेको भूमिकालाई इमान्दारिताका साथ निभाउने बताएकी छन् । शनिबार प्रतिनिधिसभामा भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कि सांसद राना मगर १६६ मतका साथ उपसभामुखमा निर्वाचित भएकी हुन् । उपसभामुख निर्वाचित भएपछि सञ्चारकर्मीहरुलाई छोटो प्रतिक्रिया दिँदै इन्दिराले सभामुखसँग मिलेर काम गर्ने र संविधानले दिएको भूमिका तटस्थ […]