दक्षिण अफ्रिकाबाट दुईवटा विमानमार्फत् एम्सटरड्याम पुगेका ६१ जनामा कोरोना संक्रमण देखिएको डच अधिकारीले जानकारी दिएका छन् ।उनीहरु सबैलाई स्किफोल विमानस्थल नजिकैको एउटा होटलमा आइसोलेशनमा राखिएको छ ।कोरोनाभाइरसको परीक्षणका लागि थुप्रै घण्टासम्म होल्डमा राखिएका ६ सय यात्रीमध्ये ६१ जनामा संक्रमण देखिएको थियो ।डचका स्वास्थ्य अधिकारीले नयाँ देखिएको ओमिक्रोन भेरियन्ट तीमध्ये केहीमा देखिएको हुनसक्ने आँकलन गरेका छन् ।बेलायत र जर्मनीलगायतका अन्य युरोपेली देशले आफ्नोमा ओमिक्रोन भेरियन्ट देखिएको प