नेपाल मजदुर किसान पार्टीले मनलाग्दी ढंगले पदक वितरण गरेको भन्दै आरोप लगाएको छ ।
सोमवार प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक माथि खर्च कटौती प्रस्ताव राख्दै नेमकिपा सांसद प्रेम सुवालले पदक वितरणमा देखिएको बेथितिले राज्यसत्तामा मानिस फेरिए पनि नयाँ राजा रजौटा जन्मिएको आरोप लगाएका हुन् ।
‘सरकारले पैसा दिन नमिलेर पदक दिएको हो । राज्यसत्तामा मानिस फेरियो नयाँ राजा रजौटा जन्मिए । पदक होइन सत्तामा गएकाले आफ्नो सम्पत्ति दिनुपर्छ,’ सुवालले भने ।
उनले कांग्रेस संस्थापक कृष्णप्रसाद भट्टराईलाई मेलम्ची पदक...