सरकार गठनको ६ महिना पूरा, सम्झनलायक काम गर्न नसकेको भन्दै आलोचना

काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार बनेको ६ महिना पूरा भएको छ । गएको असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाको ६ महिने कार्यकालमा देखिने र सम्झनलायक खासै काम हुन नसकेको भन्दै आलोचना भएको छ । देउवालाई मन्त्रिपरिषद् विस्तार गर्नै तीन महिना लाग्यो । त्यसपछिका तीन महिना प्रधानमन्त्री देउवा सरकारको कामभन्दा पार्टी काममै व्यस्त देखिनुभयो । पार्टी महाधिवेशन सकिए पनि प्रधानमन्त्रीको कार्यशैली सुध्रन नसकेको कांग्रेसकै नेताहरु बताउँछन् ।  कोरोना सङ्क्रमण फेरि बढ्न थाले पनि महामारी ...

सम्बन्धित सामग्री

गठबन्धन सरकारको ६ महिना : सचिवालय छैन, राष्ट्रियतामा मौन !

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार ६ महिना पूरा भएको छ।दोस्रोपटक विघटित प्रतिनिधिसभा पुनःस्थापना भएसँगै पाँच दलीय गठबन्धनका तर्फबाट प्रधानमन्त्री बनेका देउवाले ६ महिनामा जनअपेक्षित काम गर्न नसकेको भन्दै चौतर्फी आलोचना भइरहेकाे छ। गत असार २९ गते नियुक्तिदेखि नै आलोचनाको शिकार बनेको  देउवा नेतृत्वको सरकार एकपछि अर्को विवादमा फस्दै गइरहेकोे छ। पाँचौं पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका देउवाको ६ महिने कार्यकाल पनि उपलब्धिमूल

देउवाका ६ महिना : संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम अलपत्र

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकाल ६ महिना पूरा भएको छ। दोस्रोपटक विघटित प्रतिनिधिसभा पुनर्स्थापना भएसँगै नेपाली कांग्रेसका सभापति देउवा गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका थिए।संसद पुनर्स्थापनाको फैसला गर्ने क्रममा सर्वोच्च अदालतले देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो। उनी पाँच दलीय गठबन्धनका तर्फबाट प्रधानमन्त्री भएका हुन्।पाँचौंपटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका देउवाको ६ महिने कार्यकाल खासै उपलब्धिमुलक हुन नसकेको भन्