काभ्रेमा तीन वर्षमा ३ सय ७५ जनाले आत्महत्या गरे, १५ सय ५९ अपराधिक घटना

काभ्रेपलाञ्चोक जिल्लामा तीन वर्षमा १ हजार ५ सय ५९ अपराधिक घटना भएका छन् । आर्थिक वर्ष २०७५/०७६ देखि हालसम्म सो संख्यामा विभिन्न ३८ प्रकारका घटनाहरु जिल्लामा घटेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक (एसपी) चक्रराज जोशीकाअनुसार आर्थिक वर्ष २०७५/०७६ मा ५ सय ६०, २०७६/०७७ मा ५५९ र २०७७/०७८ मा ४ सय ४२ घटना प्रहरीमा दर्ता भएका छन् । काभ्रेमा तीन वर्षको अवधिमा मात्रै ३ सय ७५ जनाले आत्महत्या गरेको प्रहरी रेकर्डमा देखिन्छ । सो अवधिमा २ सय ५४ जनाले झुन्डिएर आत्महत्या गरेका छन् । विष