उर्जनलाई यु-१७ फुटबल टोलीको जिम्मेवारी

यु १७ राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी उर्जन श्रेष्ठले पाएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले  यु १७ टिमको जिम्मेवारी श्रेष्ठलाई सुम्पिएको जनाएको हो । श्रेष्ठको प्रशिक्षणमा नेपाली टिमले सेप्टेम्बरदेखि हुने यु १७ साफ च्याम्पियनसिप र सन् २०२३ मा हुने एएफसी एसियन कप छनोट खेल्नेछ । यी दुई प्रतियोगिताको लागि एन्फाले मंगलबारदेखि खेलाडी छनोटको खुल्ला प्रकृयासमेत सुरु गरिसकेको छ ।श्रेष्ठ ‘ए’ डिभिजन लिग क्लब थ्री स्टारका प्रशिक्षक हुन् । श्रेष्ठको प्रशिक्

सम्बन्धित सामग्री

यु–१७ फुटबल टोली सम्मानित

यू–१७ साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली टोलीलाई प्राइम सेरामिक्सले सम्मान गरेको छ। बिहीबार ललितपुरमा आयोजित कार्यक्रममा प्राइम सेरामिक्सका कार्यकारी अधिकृत प्रशान्त अग्रवालले नेपाली टिमका २३ खेलाडी तथा ६ अफिसियललाई सम्मान गर्नुभएको हो ।

साफ यु-१७ फुटबल : भारत र बङ्गलादेशको विजयी सुरुआत

काठमाडौँ । श्रीलङ्कामा जारी साफ यु-१७ पुरुष फुटबलमा भारत र बङ्गलादेशले विजयी सुरुआत गरेका छन्। सोमबार भएको खेलमा बङ्गलादेशले घरेलु टोली श्रीलङ्कालाई ५-१ गोल अन्तरमा हराउँदै विजयी सुरुआत गरेको हो। बङ्गलादेशको जितमा मोहमद मुर्सेद अलीले दुई गोल गरे। यस्तै मोहमद रूबेल शेख, सिराजुल इस्लाम राना र मोहमद नाजिम उद्दीनले एक-एक गोल गरे। श्रीलङ्काका यासिर शर्फराजले […]

साफ यु–१७ च्याम्पियनसिप खेल्ने नेपाली टोलीको बिदाइ

काठमाडौँ – श्रीलंकामा हुने यु–१७ साफ च्याम्पियनसिप खेल्ने नेपाली यु–१७ फुटबल टोलीलाई बिहीबार बिदाइ गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार एक कार्यक्रमको आयोजना गरेर श्रीलंका भ्रमण गर्न लागेको टोलीलाई बिदाइ गरेको हो। उमेर समूहको साफ प्रतियोगिता खेल्न लागि नेपाल शुक्रबार त्यसतर्फ प्रस्थान गर्नेछ। टोलीलाई एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ, राखेपका उपाध्यक्ष शिव कोइरालालगायत एन्फाका […]