काठमाण्डाै - प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले वर्तमान गठबन्धन सरकारले पालिकाको चुनाव सार्ने बहानाबाजी खोजिरहेको आरोप लगाएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज वक्तव्य निकालेर पालिकाको चुनाव सार्ने बहानाबाजी आफूहरुलाई कुनै पनि हालतमा स्वीकार्य नहुने बताउनुभएको छ । सरकारको ६ महिने कार्यकालबारे एमालेको धारणा सार्वजनिक गर्दै अध्यक्ष ओलीले वर्तमान सरकार सबैतिर असफल भएको टिप्पणी गर्नुभएको छ ।
आठ पृष्ठ लामो १५ बुँदे वक्तव्यमा अध्यक्ष ओलीले सरकार पालिकाको चुनाव सार्न बहानाबाजी खोजिरहेको तर एमाले समयमै चुनाव हुन...