एकैदिन १ सय २४ जनामा डेंगु देखियो मकवानपुरमा

हेटौंडा : मकवानपुरमा एकैदिन १ सय २४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। डेंगु संक्रमणबाट हेटौँडामा १३ वर्षीय बालकको मृत्यु भइसकेको छ।मकवानपुर जिल्ला स्वास्थ्य कार्यालयले मकवानपुरमा २४ घण्टामा १ सय २४ जनामा डेंगु संक्रमण पुष्टि भएको जानकारी दिएको हो। कार्यालयका अनुसार संक्रमित अधिकांश हेटौँडा उपमहानगरपालिकाभित्रका छन्।हेटौँडाका १ सय १४ जनामा संक्रमण देखिँदा थाहा नगरपालिकामा ५ जना, मनहरी गाउँपालिकामा ३ जना‚ मकवानपुरगढी र भीमफेदीमा १/१ जना संक्रमित भएका छन्।मकवानपुरमा बुधबार दिउ