स्वयम्भू र हनुमान ढोका जोड्ने हेरिटेज मार्ग बनाउँछु : जीवनराम श्रेष्ठ

काठमाडाैं : नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले विश्व सम्पदा सूचीमा रहेका स्वयम्भू र हनुमान ढोकालाई जोड्ने हेरिटेज मार्ग बनाउने आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन्।सोमबार मन्त्रालयको पदभार ग्रहण गर्दै मन्त्री श्रेष्ठले विश्व सम्पदा सूचीमा रहेका स्वयम्भू र हनुमान ढोकालाई जोड्ने हेरिटेज मार्ग बनाउनमा विशेष जोड दिने बताएका हुन्। उनले आफू सांसद भएदेखि सुरु भएको काम पूरा गर्न हस्ताक्षर गरेको बताए।उनले कोरोना महामारीमा पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित भएको