हामी जहाँ हुर्कन्छौं, त्यो परिवेशको हावापानीमा विभिन्न किटपतंग, पशुपक्षी, माछा–भ्यागुता, छेपारो र गँड्यौला पनि हामीसँगै हुर्कन्छन् र बढ्छन्। तीमध्ये थुप्रै जीव–प्राणीसँग हामी खेल्छौं, रमाउँछौं। म पनि खेलेको थिएँ। हरेक दिन मेरो खेल जीवनसँग सम्बन्ध गाँस्न आउँथे ती मेरा किराफट्यांग्रा बालसखा। अचेल कहाँ गए, कता गए, थाहा छैन। यही उपत्यकामा मसँगै खेलेका ती प्राणी वरपर देख्न…