घरबाट अफिस निस्कने बेलामा ऐना हेर्दा उनी कहिले आफ्नै अनुहार एकदम नराम्रो देख्छन् त कहिले निकै राम्रो । अनुहार नराम्रो देखेका बेला उनलाई लाग्छ, म यति नराम्रो छु भने मैले राम्रो काम गरेर देखाउनुपर्छ । आफू राम्रो लागेका बेला उनी सोच्छन्, म यति राम्रो मान्छे छु मैले नराम्रो काम गर्नै हुँदैन । ‘त्यसैले मेरो रोल मोडल सर्वप्रथम मेरै घरको ऐना हो ।’ कन्टिनेन्टल टे«डिङ इन्टरप्राइजेजका महाप्रबन्धक राजन श्रेष्ठ भन्छन् ।
सुरुमा उनले कालिन्चोक ट्रेडिङ कम्पनीमा ‘क्लिनिङ इक्विपमेन्ट’ ब्रान्ड कार्चरको विक्रेतामा ६ वर्ष काम गरे । त्यसपछि मोरङ अटो वक्र्स (जेसीबी हेभी इक्विपमेन्ट डिभिजन) मा ३ वर्ष काम गरिसकेर कन्टिनेन्टल ट्रेडिङ प्रवेश गरेका श्रेष्ठको हेभी इक्पिमेन्ट (एक्स्क्याभेटर, डोजर, लोडर आदि) को व्यवस्थापन र बजार प्रवर्द्धनमा एक दशकभन्दा बढीको अनुभव छ । ‘बजार प्रवर्द्धन वा मार्केटिङ गर्नु भनेको कुनै सामान बेच्नुमात्र होइन कन्सेप्ट बेच्नु पनि हो । त्यो गर्न सक्यो भने व्यापार दिगो हुन्छ,’ श्रेष्ठ अनुभव सुनाउँछन् । सेल्समा काम गर्ने मान्छेमा बाहिरी आकर्षण पनि आवश्यक हुन्छ । आवरण आकर्षक भएमात्र आफ्नो प्रतिभा प्रस्तुत गर्ने मौका मिल्छ र मान्छेहरू कुरा गर्नका लागि तयार हुन्छन् ।
(कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका महाप्रबन्धक राजन श्रेष्ठसम्बन्धमा व्यक्तित्व स्तम्भबाट)
वर्ष ५ अंक ४०, २०६७, जेठ २४–३०