चुनाव प्रचारमा हिँड्न डराउँछन् महिला

२४ वैशाख, डोटी । दिपायल सिलगढी नगरपालिका–६ का वडा सदस्यका उम्मेदवार सरिता दियाली चुनाव प्रचारमा हिँड्न अप्ठेरो लागेको बताउँछिन् । ‘युवाहरु हुन्छन्, अलि अलि मदिरा सेवन गर्छन्, हो–हल्ला गर्छन्’ दियालीले महिलाहरु चुनाव प्रचारमा जान नमान्नुको कारणबारे भनिन्, ‘महिलाहरुले आफूलाई असुरक्षित महसुस गर्छन् ।’ उनले उम्मेदवारका आफन्त महिला समेत चुनाव प्रचार प्रसारमा जान नमाने दाबी गर्छिन् […]