म्याग्दीः म्याग्दीमा आर्थिक वर्ष २०७८/७९ मा ट्राफिक नियम उल्लङ्घन गर्ने नौ हजार ४५० सवारीसाधनका चालकलाई कारबाही गरेर ६३ लाख ९१ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ।
प्रयोजनविपरीत, क्षमताभन्दा बढी यात्रु बोक्ने, गलत ठाउँमा पार्किङ गर्ने, चालक अनुमतिपत्र र सवारीधनीपत्र नभएकालाई कारबाही गरी सो राजस्व सङ्कलन गरिएको हो। जिल्ला ट्राफिक प्रहरी…