भारतीय उर्जा केन्द्रमा विष्फोट हुँदा कम्तीमा २२ जनाको मृत्यु

भारतको उत्तर प्रदेशस्थित एक उर्जा केन्द्रमा विष्फोट हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने ५७ जना घाइते भएका छन्। उत्तर प्रदेशमा पर्ने रायबरेली जिल्लामा रहेको नेशनल थर्मल कर्पाेरेशन लिमिटेड (एनटीपिसी ) मा विष्फोट भएको हो । घटनामा घाइते भएकाहरूको भारतको विभिन्न अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।

सम्बन्धित सामग्री

सिसिलीमा अपार्टमेन्ट भत्किँदा २ जनाको मृत्यु, सात बेपत्ता

एजेन्सी । इटलीको सिसिली टापुमा चार तले अपार्टमेन्ट भवन भत्केर विष्फोट हुँदा दुईको मृत्यु हुनुका साथै सात जना बेपत्ता भएका छन् । शनिबार राति भग्नावशेषबाट राभानुसा शहरमा दुई महिलालाई जीवितै फेला पारिएको स्थानीय नागरिक सुरक्षा सेवाले ट्विटरमा जनाएको छ । उद्धारकर्ता र स्निफर कुकुरले अझै पनि हराइरहेका पत्ता लगाउन भग्नावशेषमा खोजी जारी राखेका छन् ।ग्यास […]