पशुपतिनाथमा सुनको जलहरी स्थापित गर्ने काम सम्पन्न

काठमाण्डाै – पशुपतिनाथमा सुनको जलहरी स्थापित गर्ने काम सम्पन्न छ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा जलहरी अनावरणको पूजा गरेसँगै सुनको जलहरी स्थापित गर्ने काम सम्पन्न भएको पशुपति विकास कोषले जनाएको छ ।  गएकाे पाँच दिनदेखि नेपाल र भारतका एक सय २१ जना ब्राह्मणद्वारा पशुपतिनाथ मन्दिरमा वैदिक र शास्त्रीय विधिपूर्वक भएको क्षमापूजा तथा विभिन्न मुहूर्तमा भएका सङ्कल्प पूजाहरू पनि राष्ट्रपतिले विसर्जन गर्नुभएको कोषका सदस्य सचिव डाक्टर प्रदीप ढकालले जानकारी दिनुभयो ।  मङ्गलवार राति ९ बजेको शुभ सा...