काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका कारण बैठक चल्न नसकेको हो। बैठक सुरु भएपछि उठेर विरोध गरेपछि सभामुखले एमाले सांसद सूर्य थापालाई बोल्न समय दिए। तर, सत्ता पक्षका सांसदहरूले समेत उठेर विरोध जनाएपछि होहल्लाका बीच सांसद थापाले सुन तस्करी प्रकरणमा गृहमन्त्रीको जवाफ तस्करलाई जोगाउने गरी आएको भन्दै आफूहरूको विरोध जारी रहने बताए। त्यसपछि एमाले सांसदहरू उठेर वेल घेराउ गर्न पुगेका थिए। उनीहरूले