रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

जिल्लामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जाजरकोट भेरी नगरपालिकाको रिम्नाबाट रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको राडीबजार आउँदै गरेको लु १ ज १८९७ नम्बरको जिप शनिबार बेलुकी साढे ७ बजे दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।