सोलुखुम्बु – झण्डै १२ वर्ष कतार र मलेसियामा बिताउनुभएका सोलुदूधकुण्ड नगरपालिका ३ फलामखानीका पदमबहादुर विश्वकर्मा अहिले पुर्ख्यौली पेसामा रमाइ रहनुभएको छ । लामो समय विदेशमा बिताए पनि गाउँ फर्किएपछि परम्परागत पुर्ख्यौली पेसाको संरक्षणमा जुटेको उहाँकाे भनाइ छ ।
ओखलढुङ्गाको रगनीमा धातुसम्बन्धी उद्योग सञ्चालन गरेर विदेशको भन्दा दोब्बर आम्दानी गरिरहेको विश्वकर्माले बताउनुभयो । साथै उहाँ अन्य चार युवालाई रोजगारी दिन सफल हुनुभएको छ ।
यस्तै कतारमा चार वर्ष बिताएर फर्कनुभएका शुक्राज घतानी पनि अहिले पुर्ख्यौली पेसामै...