आन्दोलन उद्गमस्थलमै मधेसी दललाई सकस, उम्मेदवारलाई नै हप्ताएर पठाइयो

लहान । सिरहा, सुखीपुर नगरपालिकाका संघीय समाजवादी फोरम नेपालका मेयर उम्मेदवार लक्ष्मण चौधरी शुक्रबार मत माग्दै कृष्णबहादुर यादवको घर पुगे । यादव परिवारले उनलाई हप्काएर पठाए ।