आज लुम्बिनी सरकारको भविष्य तय : अविश्वास प्रस्ताव सदनमा टेबल हुँदै

विपक्षी गठबन्धन दलहरूले मुख्यमन्त्री शंकर पोखरेलको सरकारविरुद्ध तेस्रोपटक दर्ता गरेको अविश्वास प्रस्ताव लुम्बिनी प्रदेश सभामा आज टेबल हुँदै छ । पटकपटक दर्ता गराए पनि टेबल हुन नसकेको अविश्वास प्रस्ताव लुम्बिनीमा...

सम्बन्धित सामग्री

रहरले अविश्वास प्रस्ताव ल्याएका होइनौं–वीरेन्द्रकुमार कनौडिया

काठमाडौं। लुम्बिनी प्रदेशसभा सदस्य वीरेन्द्रकुमार कनौडियाले रहरले नभई बाध्यतावश मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको बताएका छन्।प्रदेशसभाको विशेष अधिवेशनमा अविश्वास प्रस्ताव पेस गर्दै कनौडियाले सरकार गत बैशाखमै स्पष्ट अल्पमतमा पर्दापनि नैतिकरुपमा मार्ग प्रशस्त नगरी अनेक तिकडममा लागेपछि बाध्य भएर अविश्वास प्रस्ताव ल्याएको बताए।आफूहरुले मुख्यमन्त्रीलाई अल्पमतमा परेकाले विश्वासको मत लिनुस् भनेपनि अटेर गर्दै संविधान र कानूनको ठाडो उल्लंघन गरेको उनको आरोप थियो।

लुम्बिनी प्रदेशको अविश्वास प्रस्ताव विरुद्धको रिट न्यायाधीश राउतको इजलासमा

काठमाडौं।लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ताको माग गर्दै परेको रिटनिवेदनमा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ।पूर्वमन्त्री तथा सांसद लीला गिरीले दायर रिट निवेदनको सुनुवाइ सर्वोच्चका न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासमा तोकिएको छ।रिट निवेदनमा संविधानको धारा १६८ को उपधारा १ बमोजिम बहुमत प्राप्त दलको नेताका रूपमा पोखरेल मुख्यमन्त्री नियुक्त भएको दाबी गर्दै दुई वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन नपाइने जिकिर गरिएको छ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ। नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले मंगलबार प्रदेशसभा सचिवालयमा पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन्। यसअघि सोमबार उनीहरुले नयाँ सरकार गठनका लागि आह्वान गर्न प्रदेश प्रमुखसँग माग गरेका थिए। विपक्षी गठबन्धनमा आवद्ध ३४ प्रदेश सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको हो। […]

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरेका छन् ।  अविश्वास प्रस्तावमा ३४ जना सांसदहरुको हस्ताक्षर छ । विगतमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको तर उक्त प्रस्ताव प्रक्रियामा जानु अघि नै मुख्यमन्त्रीले राजीनामा दिएको भन्दै विपक्षी गठबन्धनले तत्कालीन प्रदेश प्रमुखबाट पुनः असंवैधानिक रुपमा पोखरेललाई नै मुख्यमन्त्री नियुक्त गरिएको आरोप लगाएका छन् ।प्रदेशसभाका ३४ सदस्यले संविधानको धारा

लुम्बिनीका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता, विशेष अधिवेशनको माग

बुटवल । नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेसलगायत विपक्षी दलहरुले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरेका छन् ।आइतबार ४० सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरिएको नेपाली काँग्रेसका सचेतक फखरुदीन खानले रातोपाटीलाई बताए ।हाल प्रदेशसभामा ७९ सदस्य कायम रहेकोमा आफूहरुसँग ४० सांसदको समर्थन रहेको भन्दै उनले अल्पमतका बाबजुद प्रदेश प्रमुखले शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्नु असंवैधानिक कार्य भए