तीन चिकित्सकले दिए राजीनामा

चाँगुनारायण अस्पतालका मेडिकल सुपरिटेन्डेन (मेस) सहित तीन चिकित्सकले बुधबार राजीनामा दिएका छन् ।  चाँगुनारायण नगरपालिकाद्वारा सञ्चालित सो अस्पतालका मेसु डा रञ्जीतकुमार दाससहित डा सुलभ केसी र डा जिवेश बास्तोला राजीनामा दिएका हुन् । कोरोना भाइरस महामारीको दोस्रो लहर बढेसँगै नगरपालिकाले सो अस्पताललाई कोरोना विषेश अस्पतालमा रुपान्तरण गरेर सञ्चालन गर्ने तयारी गरेको थियो । अस्पतालले अक्सिजनसहित १० शैय्याको कोभिड अस्पताल शुरु गर्न तयारी गरिरहेको अवस्थामा चिकित्सकहरूको राजीनामा आएको हो ।