नेपाल चेम्बर अफ कमर्सले सरकारलाई विभिन्न १६ बुँदे सुझाव दिएको छ । उद्योग सचिव डा. तोय नारायण ज्ञवालीसँग छलफल गर्दै चेम्बरले १६ बुँदे सुझावहरु दिएको हो । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले निर्यात प्रवर्द्धनका लागि सातै प्रदेशमा निर्यात घर खोल्न आग्रह गरे ।