राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले सरकारबाट भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा नयाँ ढङ्गले काम गर्ने प्रतिबद्धता आएकाले सरकारमा सहभागी हुने ढोका खोलेको बताउनुभएको छ । तीन सय एकऔँँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राप्रपाद्वारा भृकुटीमण्डपमा आयोजित जलपान समारोहमा उहाँले आफूले उठाएका पृथ्वी जयन्तीलगायतका मुद्दा समेटिएकाले सरकारमा जान ढोका खोलेको र दलभित्र छलफल …