अमेरिकी नागरिकतासम्बन्धी झुटा विवरण पेस गरी रक्षा तथा विमान निर्माणसम्बन्धी कम्पनीमा विगत तीन दशकदेखि काम गर्दै आएकी एक कानुनी हैसीयत नभएकी आप्रवासीलाई अमेरिकी होमल्यान्ड सेक्युरिटीका अधिकारीहरूले पक्राउ गरेका छन्। पक्राउ पर्नेमा ५४ वर्षीया मेक्सिकन नागरिक अल्मा प्याट्रिसिया कन्ट्रेरास भिल्लाफाना रहेकी छन्। उनलाई दक्षिण लस एन्जलसस्थित ‘हाउमेट एरोस्पेस’को टोरेन्स कारखानाबाट प्रहरी हिरासतमा लिइएको हो। पक्राउ गर्नुअघि […]