दलहरूले गठबन्धन फेर्दा संघीय सरकार मात्रै होइन, त्यसको असरले प्रदेश सरकारहरू झन् प्रभावित हुने गरेका छन् । २०७९ मंसिर ४ को निर्वाचनपछि तेस्रो पटक फेरिएको केन्द्रीय सत्ता समीकरणले देशभर २१ पटक मुख्यमन्त्री फेरबदल भइसकेका छन् । बुधबार मात्रै जनता समाजवादी पार्टी (जसपा) नेपाल नेतृत्वको मधेश सरकार ढलेको छ ।