शोकमा डुबेको बेलायत (तस्वीरहरू)

२४ भदौ, काठमाडौं । ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयको निधनको खबरसँगै बेलायत शोकमा डुबेको छ । राजनिवास बकिंघम प्यालेसको मुल ढोकाका उनको निधनको सूचना राखिएको छ । बाहिर सयौं मानिस जम्मा भएका छन् र पुष्पगुच्छा राखेर श्रद्धान्जली दिइरहेका छन् । बेलायका विभिन्न स्थानमा पनि मानिसहरुले फूल राखेर एलिजाबेथ द्वितीयप्रति सम्मान व्यक्त गरेका छन् ।  

सम्बन्धित सामग्री

राष्ट्रिय शोकमा बेलायत

बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधनले बेलायत राष्ट्रिय शोकमा डुबेको छ । बेलायती नागरिकहरु महारानीको कार्यालय रहेको बकिङ्घम प्यालेस, निवास बिन्जर क्यासल, बालमोरल क्यासल, सान्ड्रिघमलगायत अघि भेला भई उनको सम्मानस्वरुप पुष्पगुच्छा अर्पण गर्नुका साथै तथा मैनबत्ती प्रज्ज्वलन गरिरहेका छन् ।

तस्वीरमा : महारानीको निधनले शोकमा डुबेको बेलायत

बेलायतको महारानी एलिजाबेथ द्वितीयको निधनको खबर आएलगत्तै देशभरका जनताले ठाउँ–ठाउँमा फूल चढाएर उहाँलाई श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । बेलायती निवास बकिङ्घम प्यालेस बाहिर हजारौं मानिस भेला भएका छन् र उनको सम्मानमा फूल चढाउँदै छन्। मानिसहरूले रानीको घरको तस्बिर खिचिरहेका छन् जहाँ झण्डा आधा झुकेको छ। उनको मृत्युको सूचना बकिङ्घम प्यालेसको मुख्य प्रवेशद्वारमा राखिएको छ। बकिङ्घम […]

महारानी एलिजावेथको निधनबाट बेलायत अभूतपूर्व शोकमा, राजदरबार अगाडि हजारौंको भीड

काठमाडौं । महारानी एलिजाबेथ द्वितीयको निधनसँगै बेलायत शोकमा डुबेको छ । निधनको खबरलगत्तै बेलायती सर्वसाधारण राजदरबार अगाडि पुगेर दिवंगत महारानीप्रति पुष्प अर्पण गर्दै श्रद्धाञ्जली दिईरहेका छन् भने कतिपय सर्वसाधारण रोइरहेका पनि देखिन्छन् । बकिङ्घम दरबार अगाडि हजारौं मानिस भेला भएका छन् भने केहीले आधा झुकेको झण्डासहितको दरबारको तस्बिर खिचिरहेका छन् । दरबारको मूलढोकामै महारानीको निधनको […]