नागेशसँगै घरदैलोमा नेतृ सङ्ग्रौला

आसन्न स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकामा काँग्रेसबाट मेयरका उम्मेदवार नागेश कोइरालाको चुनावी अभियान जारी छ । घरदैलो सहितका प्रचार अभियानमा काँग्रेसका केन्द्रीय नेताहरू जोडिने क्रम पनि चलिरहेको छ ।आज केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौला विराटनगरमा सञ्चालित चुनावी अभियानमा सक्रिय भएकी छन् । उनी कोइरालासँगै मतदाताका घरघर गई मत मागेही हुन् । विराटनगर–१२ मा सञ्चालित घरदैलो कार्यक्रममा सङ्ग्रौलाले विराटनगरको विकासको लागि काँग्रेसका उम्मेदवारलाई विजयी गराउन मतदाता समक्ष अनुरोध गरि