राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ (निफ)को आठौं राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु भएको छ । राष्ट्रिय नाचघरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महाधिवेशन उद्घाटन गर्दै आदिवासी जनजाति महिलाको परम्परागत ज्ञान र सिपको संरक्षण, विकास र प्रवर्द्धनमा राज्यले भूमिका खेल्ने प्रतिबद्धता जनाएकी छन् ।