नेपालीमा एउटा भनाइ छ– ‘जस्तालाई तस्तै ... ।’ यस्तो भन्ने गरिएको भाइबहिनीहरूले पनि सुनेको हुनुपर्छ । नभए पनि बाबाआमा वा दाजुदिदीलाई सोधेर थाहा पाउन सकिन्छ । यसको अर्थ हो, जो जस्तो छ त्यस्तै व्यवहार गर्नुपर्छ । कतिपय धार्मिक ग्रन्थहरूमा पनि यस्तै उल्लेख भएको पाइन्छ । स्वयं भगवान् कृष्णले समेत गीतामा यस्तै आशय व्यक्त गरेका छन् । पृथिवी नारायण शाहको दिव्योपदेशमा आएको ‘जाइ कटक नगर्नु झिकी कटक गर्नु’ भन्ने प्रसङ्गमा पनि यस्तै आशय ध्वनित हुन्छ । यसलाई सरसर्ती ह