बुटवल । वीरेन्द्र कुमार कनौडियाले एमालेमा प्रवेश गरेकै दिन प्रतिनिधिसभा सदस्यको लागि पार्टीबाट टिकट पाएका छन् । कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर ३ बाट एकल नाम सिफारिसमा परेका उनी शनिबार मात्र एमाले प्रवेश गरेका थिए । कांग्रेसमा किचलो रहेको भन्दै उनी एमाले प्रवेश गरेका थिए । सो दिन साँझ उनलाई एमालेले कपिलवस्तु क्षेत्र नम्बर ३ मा […]
नवलपरासी। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटस्थित नारायणी नदीबाट नेपालकै पहिलो ‘राइनो क्रुज’ सञ्चालनमा आउने भएको छ। नवलपुर र यस क्षेत्रमा पर्यटकीय क्षेत्रमा दिगो र सम्भावनायुक्त नयाँ गन्तव्य बनाउने योजनासहित राइनो क्रुज सञ्चालनमा ल्याउन लागिएको हो। राइनो वाटर इन्टरटेनमेन्ट प्रालि र होटल रिभर क्राउन प्रालिले संयुक्त रूपमा नारायणी नदीमा राइनो क्रुज सञ्चालन गर्न लागेका हुन्। कम्पनीका प्रबन्ध निर्देशक […]
होटल फरेष्ट इन लिमिटेडले आजदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका प्राथमिक शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत पुस २० गते प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता साधारण शेयर निष्कासन गर्ने अनुमति पाएको थियो । सोमध्ये १० प्रतिशत अर्थात् ४ लाख कित्ता […]
काठमाडौं । नेकपा एमालेले सबै निर्वाचन क्षेत्रका उम्मेदवारको नाम टुंगो लगाएको छ । पार्टी केन्द्रिय कार्यालय च्यासलमा शनिबार रातिसम्म बसेको सचिवालय बैठकले उम्मेदवारको नाम टुंगो लगाएको हो । एमालेका उम्मेदवार यी हुन् , को-कहाँ ? सुदूरपश्चिम प्रदेश कैलाली १. द्वारिका न्यौपाने२. सूर्यबहादुर थापा३. गौरीशंकर चौधरी४. लेखराज भट्ट५. यज्ञराज ढुङ्गाना कञ्चनपुर १. कमला बोहरा२. वचनबहादुर सिंह३. […]
धनगढी । चालु आर्थिक वर्षको आधा अवधि बितिसक्दा पनि सुदूरपश्चिम प्रदेश सरकारको बजेट कार्यान्वयन निराशाजनक देखिएको छ। पुस मसान्तसम्म कुल बजेटको करिब ११ प्रतिशत मात्र खर्च भएको छ भने विकास निर्माणसँग जोडिएको पुँजीगत खर्च ६ प्रतिशतभन्दा तल झरेको छ। प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि ३३ अर्ब ४६ करोड रुपैयाँभन्दा बढी बजेट प्रस्तुत गरेको […]