शिक्षकको हत्या आरोपमा एक जनालाई जन्मकैदको सजाय

इलाम– इलामको माई नगरपालिका–१ का शिक्षक पुष्पलाल राईको हत्या अभियोग लागेका सोही ठाउँका पदमबहादुर राईलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ । ज्वाइँ जेठान सम्बन्ध पर्ने ४६ वर्षका पदमबहादुर राईले व्यक्तिगत रिसिबीका कारण जेठान ४६ वर्षीय पुष्पलालको हत्या गरेका थिए । मादक पदार्थ सेवन गरेका सम्बन्धले ज्वाइँ पर्ने पदमबहादुरले जेठान पुष्पलालकै घरमा गएर पछाडिबाट घाँटीमा […]