राष्ट्रिय स्तरका 'क' वर्गका वाणिज्य बैंकहरुले विदेशी विनिमय जोखिम मिलानका लागि हेजिङ सुविधा पाउने भएका छन् । यस्तो सुविधा बैंकहरुले एक वर्ष वा सोभन्दा बढी अवधिको विदेशी ऋण भित्र्याउँदा सो बापतको सावाँ तथा ब्याज बराबर हुने रकम र ऋणको अवधिसम्मको डेरिभेटिभ्स (प्रोपर्टी फर्वाड) को खरिद कारोबार गर्दा पाउनेछन् । यसका लागि सोही व्यवस्थाको बुँदा नम्बर ग र घ मा उल्लेखित सीमा लागू नहुने समेत बैंकले बताएको छ । यसअघि यस्तो व्यवस्था थिएन । विदेशी विनिमय कारोबार तथा व्यवस्थित गर्न बनको एकीकृत परि