धनकुटा : जिल्लाको धनकुटा नगरपालिका, सहिदभूमि गाउँपालिका, पाख्रीवास नगरपालिका र चौबीसे गाउँपालिकामा अहिले सुन्तलाले पहेँलपुर भएको छ।बोटभरी लटरम्म सुन्तला छन्। किसानलाई सुन्तला टिपेर बिक्री गर्न भ्याइनभ्याइ छ। व्यापारी गाडी लिएर बगानमै पुग्छन्। व्यापारीलाई किसानले पहिल्यै क्रेटमा सुन्तला हालेर तयारी अवस्थामा राखिदिन्छन्। यहाँका किसानको मुख्य आम्दानीको स्रोत नै सुन्तला हो।धनकुटा नगरपालिका–३ सिप्तिङका कृषक जलन राईका अनुसार गाउँमा एकजना किसानले वार्षिक एक लाखदेखि २५ लाख रुपैयाँसम्मको सुन्त