यो दिनको कथा होइन, रातको हो । यो उमंगको कथा होइन, विवशताको हो । यो प्रेमको कथा होइन, तिरस्कार हो ।
यो कथा हो, अँध्यारोमा बाँच्नेहरूको ।
जब शहरलाई अँध्यारो रातले छोप्न थाल्छ, सौरभी कायस्थ कोठाबाट निस्कन्छिन् …
दुईसाता अवधिमा हिमाली जिल्ला मनाङमा सातजना पर्यटकको ज्यान गएको छ। तीमध्ये दुईजनाको शव आइतबार फेला परेको छ। ज्यान गुमाएका मध्ये आइतबार शव फेला परेका भारतीय पर्यटक हिमपहिरोको चपेटामा परेको अनुमान छ। बाँकी पाँचजनाको भने लेक लागेर ज्यान गएको मनाङ प्रहरीले बताएको छ।
काठमाडाैं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले विगतमा स्वार्थ समूहको चलखेलबाट गरिएका निर्णय उल्ट्याउन सरकारसमक्ष माग गर्नुभएको छ। अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई सिंहदरबारमा आइतबार भेटेर डा. केसीले विगतमा व्यवसायीको स्वार्थमा मेडिकल कलेजको सिट बढाएको दावी गर्दै स्वार्थ समूहको चलखेलबाट गरिएका निर्णय उल्ट्याउन माग गर्नुभएको हो। डा. केसीसँगै चिकित्सा शिक्षा आयोगका पूर्वउपाध्यक्ष श्रीकृष्ण […]