जुम्ला जिल्लाको तिला गाउँपालिकामा उद्यमशिलता विकास र वित्तीय साक्षरतासम्बन्धी ६ दिने तालिम कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम सञ्चालन गर्न नबिल बैंक, राष्ट्रिय युवा परिषद र तिला गाउँपालिकाबीच त्रिपक्षीय समझदारी भएको थियाे । गाउँपालिकाका अध्यक्ष रतननाथ योगीको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा प्रमुख अतिथिको रूपमा पूर्व राज्यमन्त्री बलबहादुर महत, विशेष अतिथिको रूपमा नबिल बैंक संचालक समितिका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल, नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र अन्य विशिष्ट व्यक्त