भक्तपुर र झापामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–२ स्थित निर्माणाधिन घरको रड काट्ने क्रममा मेसिनबाट करेन्ट लागेर रामेछाप घर भएका २६ वर्षीय रोशन बिकको बिहीबार मृत्यु भएको छ । करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको कोरियन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । झापाको भद्रपुर नगरपालिका–७ बस्ने ४० वर्षीय भोटलाल गणेश राजवंशीको करेन्ट लागेर बिहीबार मृत्यु भएको छ । मेचीनगर नगरपालिका–४ स्थित खोल्सीमा करेन्ट लगाई माछा मार्न