‘विद्युतीय रेल, ट्राम र ट्रली बस अबका सार्वजनिक यातायात हुनुपर्छ’
यत्रो वर्षसम्म प्रयोग भएको पेट्रोल–डिजल गाडीले बनाएको जुन मानसिकता हामीसँग छ, त्यसलाई यो ४–५ वर्षमा बढेको विद्युतीय सवारी प्रयोगको चर्चाले बदल्न सकेको पनि छैन । त्यसै कारण विद्युतीय गाडीले लामो समयसम्म सेवा दिन सक्छ त भन्ने आशंका कायमै छन् ।