काठमाडौं । संस्कृतज्ञहरुले श्रावण शुक्ल पूर्णिमाका दिनलाई विश्व संस्कृत दिवसको रुपमा औपचारिक घोषणा गर्न सरकारसँग माग गरेका छन् । शुक्रबार संस्कृत दिवसको अवसरमा काठमाडौंको वाल्मीकि विद्यापीठमा एक कार्यक्रम गरी विद्वानहरुले समृद्ध भाषा संस्कृतको प्रवद्र्धनका लागि दिवस आवश्यक रहेको बताए । हरेक वर्ष श्रावण शुक्ल पूर्णिमा अर्थात् ऋषि तर्पणीका दिन संस्कृत दिवस मनाउने प्रचलन छ । […]