यमनको मध्य क्षेत्रीय प्रान्त मारिबमा सोमवार साउदी अरेबिया नेतृत्वको सैन्य समूहले गरेको कारवाहीका क्रममा कम्तीमा पनि ३० जना हुथी विद्रोहीहरूको ज्यान गएको सरकारी सेनाले सोमवार जानकारी दिएका छन् ।
साउदी अरेबियाको नेतृत्वमा रहेको यमनी सेनाले उक्त क्षेत्रमा ठूलो संख्यामा हुथी विद्रोहीहरू रहेको सूचनाको आधारमा सो आक्रमण गरेको थियो ।
उक्त हवाई आक्रमणमा ३० जना भन्दा बढी हुथी विद्रोही मारिएको बताइएको छ । उक्त प्रान्तमा यसअघि पनि समय समयमा साउदी अरेबियाको नेतृत्वको सेनाले हमला गर्ने गरेको छ पनि बताइएको समाचारमा ...