इजरायलले नेपालसँग माग्यो १४ सय कृषि कामदार

काठमाडौं : इजरायलले कृषि क्षेत्रमा काम गर्न नेपाली श्रमिक लैजाने तयारी भएको छ। जसका लागि इजरायल र नेपाल दुवै देशमा प्रतिनिधिसँग पहिलो चरणको छलफल सकिएको वैदेशिक रोजगार विभागले जनाएको छ। इजरायलले कृषि क्षेत्रमा काम गर्ने १ हजार ४ सय नेपाली कामदार माग गरेको छ। तिनीहरूलाई पठाउने प्रक्रियाबारे छलफल अगाडि बढाइएको छ।यसअघि इजरायलले केयरगिभरका लागि १ हजार नेपाली कामदार मागेको थियो। जसमा वैदेशिक रोजगार विभागको इपिएस शाखाले १ हजार १ सय ७५ जनालाई छनोट गरेको थियो।माग गरेअनुसार १ हजार १९ ज

सम्बन्धित सामग्री

कञ्चनपुरमा ७५ गणक र १९ सुपरीवेक्षकले कृषि गणना गर्ने

कञ्चनपुर : राष्ट्रिय कृषि गणनाका लागि कञ्चनपुरमा ७५ जना गणक र १९ जना सुपरीवेक्षक खटिने भएका छन्। गणक र सुपरीवेक्षकलाई तालिम दिइएको छ।वैशाख ६ गतेदेखि जेठ १९ गतेसम्म कृषि गणना हुन लागेको हो। जिल्लाका २ सय १२ स्थानलाई गणना क्षेत्रका रुपमा चयन गरिएको कृषि गणना कार्यालय कञ्चनपुरका प्रमुख गोकर्णदेव न्यौपाने बताए।कृषि गणनाअन्तर्गत कृषक परिवारको संख्या, कृषि चलन, कृषि कामदार, कित्ताको विवरण र सिँचाइ, कित्ताअनुसार भू‒उपयोग, कित्ताअनुसार खेती गरिएका अन्नबाली, कोसेबाली, दलहन, कन्दमुल, तेलबाली, नग