‘नागरिकको हितमा केन्द्रित भएका छौँ’

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले नागरिकको हित अनुकूलका कामलाई प्राथमिकता दिइरहेको बताउनुभएको छ । सर्लाहीको कर्मैयामा माओवादी केन्द्रका अगुवा कार्यकर्तासँगको भेटमा उहाँले नागरिकका समस्या समाधान र देशको समृद्धितर्फ सरकारको ध्यान केन्द्रित भएको बताउनुभएको हो ।