प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनमा एउटै चुनाव चिह्नबाट लडेका पुष्पकमल दाहाल नेतृत्वको माओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीच पार्टी एकता हुने भएको छ । एकीकृत पार्टीको नाम नेकपा समाजवादी राख्ने करिब सहमति भएको छ । एकीकृत पार्टीको नाम परिवर्तन गर्नुपर्ने भट्टराईको सर्त मान्न दाहाल तयार भएपछि एकताको वातावरण बनेको हो ।