९ असार, काठमाडौं । बेलायत सरकारको सहयोगमा तयार पारिएको वित्तीय व्यवस्थापन एप्लिकेसन नेपाललाई हस्तान्तरण गरिएको छ । स्थानीय तह सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) नाम दिइएको यो प्रणालीलाई बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले महालेखा नियन्त्रक सुमन अर्याललाई हस्तान्तरण गरेकी छिन् । सूत्र सफ्टवेयर बेलायत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको […]