ताप्लेजुङ : चीनसँगको सीमा क्षेत्रमा ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प

काठमाण्डाै - गएराति नेपाल–चीन सीमा क्षेत्रमा भूकम्प गएको छ । भूकम्पको धक्का नेपालका पूर्वी क्षेत्रका केही ठाउँमा महसुस गरिएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति १० बजेर १३ मिनेटमा ताप्लेजुङको चीनसँगको सीमा क्षेत्रमा ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पको क्षतिबारे कुनै जानकारी आएको छैन।